Skip to main content

ताजमहल विषयसूची वास्तु कला चित्र...


आधुनिक विश्वका सात आश्चर्यहरूस्मारकआगरापर्यटन स्थलताजमहलकलाविश्व सम्पदाविश्वका आश्चर्यहरू


भारतआगरामुगलसम्राटशाहजहाँमुमताज महलमुगल वास्तुकलाफारसीवास्तुकलायुनेस्को विश्व सम्पदा क्षेत्रभारतइस्लामी कलासिङ्गमर्मरत्यस्ताद अहमद लाहौरीवर्गाकारआधार आधारमुगलसमाधिस्थलहरूधरहरामुमताज महलप्याजकमलहिन्दूकलशकांसेचन्द्रमास्वर्गत्रिशूलहिन्दूभगवानशिवपिश्ताकजैस्प‍र












ताजमहल




स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट






Jump to navigation
Jump to search





























































ताजमहल

Taj Mahal, Agra, India edit2.jpg
ताजमहलको दक्षिणी दृश्य

स्थान
आगरा, भारत
निर्देशाङ्क २७°१०′३०″ उत्तर ७८°०२′३१″ पूर्व / २७.१७५००° उत्तर ७८.०४१९४° पूर्व / 27.17500; 78.04194
अवनति १७१ मिटर (५६१ फिट)
निर्माण १६३२-१६५३
वास्तुकला उस्ताद अहमद लाहुरी
वास्तु शैली(हरू) मुगल बास्तुशैली
पर्यटकहरू ३० लाख भन्दा बढी (in २००३)

युनेस्को विश्व सम्पदा क्षेत्र
प्रकार सांस्कृतिक
मापदण्ड i
मनोनित १९८३
सन्दर्भ क्र.स. २५२
राष्ट्र भारत
क्षेत्र एसिया-प्रशान्त



ताजमहल भारत-এ অবস্থিত
ताजमहल


भारतमा स्थिति ताजमहल


ताज महल (تاج محل) भारतको आगरा शहरमा स्थित एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो स्वास्नी मुमताज महलको सम्झनामा गराए ।[१] ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो । सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो । यसको साथै, यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरू मध्येको एक बताइएको छ । ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । साधारणतया देखीएको सिङ्गमर्मरको पातोहरूको ठुलो-ठुलो तहबाट छोप्न बनाएको भवनहरूको सरह नबनाएर यसको श्वेत गुम्बद तथा टाइल आकारमा सिङ्गमर्मरबाट [२] छोपिएको छ । केन्द्रमा बनाईएको समाधिस्थल आफ्नो वास्तु श्रेष्ठतामा सौन्दर्यको संयोजनको परिचय दिन्छन् । ताजमहल भवन समूहको संरचनाको खास कुरा छ, कि यो पूर्णतया समतिताकार छ । यसको निर्माण सन १६४८को लगभगमा पुरा भएको थियो ।[१]त्यस्ताद अहमद लाहौरीलाई प्रायः यसको प्रधान डिजायनकर्ता मानिन्छ।[३]




विषयसूची






  • वास्तु कला


    • १.१ समाधिस्थल


      • १.१.१ मूल - आधार


      • १.१.२ मुख्य-मेहराब


      • १.१.३ गुम्बद


      • १.१.४ छानाहरू


      • १.१.५ किरीट कलश


      • १.१.६ धरहराहरू


      • १.१.७ बाह्य सजावट






  • चित्र दिर्घा


  • सन्दर्भ सामग्रीहरू


  • यो पनि हेर्नुहोस्





वास्तु कला



समाधिस्थल




ताजमहलको भुई/तलको योजनाको नक्सा


ताज महलको केन्द्र बिंदु हो, एक वर्गाकार आधार आधारमा बनाईएको श्वेत सिङ्गमर्मरको समाधिस्थल। यो एक सममितीय भवन हो, जसमा एक ईवान अथवा भब्य विशाल वक्राकार (छत जस्तो) द्वार छ। यस भवनको माथि एक वृहत गुम्बद सुशोभित छ। धेरै जसो मुगल समाधिस्थलहरू जस्तै, यसको मूल अवयव फारसी उद्गमबाट नै छ।



मूल - आधार


यसको मूल-आधार एक विशाल बहु-कक्षीय संरचना हो। यो प्रधान कक्ष घनाकार छ, जसको प्रत्येक किनारा ५५ मीटर छ (हेर्नुहोस्: तल नक्सा, दाया)। लामो किनारहरूमा एक धेरै ठुलो पिश्ताक, वा मेहराबाकार छाना भएका कक्ष द्वार छन्। यो माथि बनेको मेहराब भएका छतहरूसंग सामेल छ।



मुख्य-मेहराब


मुख्य मेहराबको दुबै तर्फ, एकका माथि अर्को शैलीमा, दुइटैतर्फ दुइवटा अतिरिक्त पिश्ताक बनेका छन्। यसै शैलीमा, कक्षको चार किनारहरूमा दुइवटा पिश्ताक (एकका माथि अर्को) बनेका छन्। यो रचना भवनको प्रत्येकतर्फ पूर्णतया सममितीय छ, जो कि यस भवनलाई वर्गको बद्ला अष्टकोण बनाउँछ, तर कुनाको चार भुजाहरू बाकी चार किनारहरूदेखि पर्याप्त सानो भएको कारण, यसलाई वर्गाकार भन्न उचित नै हुनेछ। समाधिस्थलको चारैतर्फ चार धरहरा मूल आधार चौकीको चार कुनाहरूमा, भवनको दृश्यलाई एक आवरणमा बाधेको प्रतीत हुन्छ। मुख्य कक्षमा मुमताज महल एवं शाहजहाँको नकली समाधिहरू छन्। यी धेरै अलंकृत छन, एवं यसको सक्कली तल्लो तलमा स्थित छ।



गुम्बद


समाधिस्थलमा सर्वोच्च शोभायमान सिङ्गमर्मरको गुम्बद (हेर्नुहोस् बांया), यसको सर्वाधिक शानदार भाग हो। यसको उचाई लगभग भवनको आधारको बराबर, ३५ मीटर छ, र यो एक ७ मीटर अग्लो बेलनाकार आधारमा स्थित छ। यो आफ्नो आकार अनुसार प्रायः प्याज-आकार (अम्बक आकार पनि भनिन्छ)को गुम्बद पनि भनिने गरिन्छ। यसको शिखर एक उल्टो राखिएको कमलसंग अलंकृत छ। यसले गुम्बदको किनारहरूलाई शिखरमा सम्मिलन दिन्छ।



छानाहरू


गुम्बदको आकारलाई यसको चार किनारहरूमा स्थित चार सानो गुम्बदाकारी छानाहरू (हेर्नुहोस् दाया)बाट अरु बल मिल्दछ। छानाहरूको गुम्बद, मुख्य गुम्बदको आकारको प्रतिलिपिहरू नैं हो, केवल नापको फरक छ। यिनको स्तम्भाकार आधार, छानामा आन्तरिक प्रकाशको व्यवस्थाको निमित्त खुला छ। सिङ्गमर्मरको अग्लो सुसज्जित फुलको गुच्छा, गुम्बदको उचाईलाई अरु बल दिन्छन्। मुख्य गुम्बदको साथ-साथै छानाहरू एवं फुलको गुच्छाहरूमा पनि कमल जसो शिखर शोभा दिन्छ। गुम्बद एवं छानाहरूको शिखरमा परम्परागत फारसी एवं हिन्दू वास्तु कलाको प्रसिद्ध घटक एक धात्विक कलश किरीटरूपमा शोभायमान छ।



किरीट कलश


मुख्य गुम्बदको किरीटमा कलश छ (हेर्नुहोस् दाया)। यो शिखर कलश शुरुको १८०० सम्म सुनको थियो, र अहिले यो कांसेको बनाईएको छ। यो किरीट-कलश फारसी एवं हिंन्दू वास्तु कलाको घटकहरूको एकीकृत संयोजन हो। यो हिन्दू मन्दिरहरूको शिखरमा पनि पाइन्छ। यस कलशमा चन्द्रमा बनाईएको छ, जसको टुप्पो स्वर्गतर्फ इशारा गर्दछ। आफ्नो नियोजनको कारण चन्द्रमा एवं कलशको टुप्पो मिलेर एक त्रिशूलको आकार बनाउद छ, जो कि हिन्दू भगवान शिवको चिह्न हो।[४]



धरहराहरू




अस्ताउदै गरेको सूर्यको साथ ताजको अद्वितीय दृश्य


मुख्य आधारको चार कुनाहरूमा चार विशाल धरहराहरू (हेर्नुहोस् बाहिरु) स्थित छन्। यो प्रत्येक ४० मीटर अग्लो छ। यो धरहराहरू ताजमहलको बनावटको सममितीय प्रवृत्ति दर्शित गर्दछ्न्। यो धरहराहरू मस्जिदमा अजान दिनको निमित्त बनाईने धरहराहरूको समान नैं बनाईएको छ। प्रत्येक धरहरा दुइवटा छज्जीहरूद्वारा तीन समान भागहरूमा बाडिएको छ। धरहराको माथि अन्तिम छज्जी छ, जसमा मुख्य भवनको समान नैं छाना बनेको छन। यसमा त्यही कमल जस्तो आकृति एवं किरीट कलश पनि छ। यी धरहराहरूमा एक खास कुरा छ, यो चार बटै बाहिरतर्फ थोरै जस्तो झुकेको छ, जसबाट कि कहिले लड्ला स्थितिमा, यो बाहिरतर्फ नैं लडोस, एवं मुख्य भवनलाई कुनै क्षति नपुगोस।



बाह्य सजावट




वृहत पिश्ताकमा सुलेखन


ताजमहलको बाह्य सजावब्ट, मुगल वास्तुकलाको उत्कृष्टतम उदाहरण हो। जसरी सतहको क्षेत्रफल बदल्दछ, ठुलो पिश्ताकको क्षेत्र साना भन्दा धेरै हुन्छ, र त्यसको सजावट पनि यसै अनुपातमा बदल्दछ। सजावट घटक रोगन वा लियनबाट अथवा नक्काशी एवं रत्न जडेर निर्मित छन्। इस्लामको मानव श्वरिय आकृतिको प्रतिबन्धलाई पूर्ण पालन गरिएको छ। सजावटलाई केवल सुलेखन, निराकार, ज्यामितीय वा पादप रूपांकनबाट नैं गरिएको छ।


ताजमहलमा पाईने सुलेखन फ्लोरिड थुलुठ लिपिका छ। यो फारसी लिपि बेत्ता अमानत खां द्वारा सृजित हो। यो सुलेख जैस्प‍रलाई श्वेत सिङ्गमर्मरको फलकहरूमा जडेर गरिएको छ। सिङ्गमर्मरको सेनोटैफमा गरिएको कार्य अतिनै नाजुक , कोमल एवं महीन छ। उचाईलाई ध्यान राखिएको छ। अग्लो फलकहरूमा त्यसै अनुपातमा ठुलो लेखन गरिएको छ, जसबाट कि तलबाट हेर्दा टेढापन प्रतीत नहोस। पूरा क्षेत्रमा कुरानको श्लोकहरू, सजावटको निमित्त प्रयोग भएकहरू छन्। हालै भएको शोधहरूबाट थाहा भएकोछ, कि अमानत खाँले नैं ती श्लोकहरूको चुनाव पनि गरेका थिए। [५][६]



चित्र दिर्घा




सन्दर्भ सामग्रीहरू





  1. १.०१.१ "भारतको बारेमा जानहरू - ताजमहल" (पीएचपी) (नेपालीमा), राष्ट्रिय पोर्टल विषयवस्तु प्रबंधन दल, अन्तिम पहुँच अगस्त १९ २०११ 


  2. टाइल आकारमा, अर्थात सिङ्गमर्मरको सानो साना ईंट रूपी आयताकार टाइलहरूबाट छोपिएको छ ।


  3. UNESCO सलाहकार संस्था आँकलन


  4. टिलिट्सन, जी.एच.आर। (१९९०)। आर्किटेक्चरल गाइड टू मुगल इण्डिया, क्रनिकल बुक्स


  5. ताजमहल सुलेखन


  6. कोच, पृष्ठ.१००




यो पनि हेर्नुहोस्












"https://ne.wikipedia.org/w/index.php?title=ताजमहल&oldid=711408" बाट निकालिएको













नेविगेशन मेनू




























(RLQ=window.RLQ||[]).push(function(){mw.config.set({"wgPageParseReport":{"limitreport":{"cputime":"0.244","walltime":"0.354","ppvisitednodes":{"value":1101,"limit":1000000},"ppgeneratednodes":{"value":0,"limit":1500000},"postexpandincludesize":{"value":37142,"limit":2097152},"templateargumentsize":{"value":1442,"limit":2097152},"expansiondepth":{"value":17,"limit":40},"expensivefunctioncount":{"value":1,"limit":500},"unstrip-depth":{"value":0,"limit":20},"unstrip-size":{"value":6551,"limit":5000000},"entityaccesscount":{"value":0,"limit":400},"timingprofile":["100.00% 274.112 1 -total"," 65.86% 180.521 2 ढाँचा:Infobox"," 57.38% 157.272 1 ढाँचा:Infobox_historic_site"," 12.58% 34.492 1 ढाँचा:Reflist"," 11.73% 32.141 1 ढाँचा:Commonscat"," 9.94% 27.253 1 ढाँचा:Commons"," 8.99% 24.639 1 ढाँचा:Sister"," 8.38% 22.965 1 ढाँचा:Cite_web"," 8.11% 22.229 1 ढाँचा:Geobox_coor"," 7.51% 20.573 1 ढाँचा:If_empty"]},"scribunto":{"limitreport-timeusage":{"value":"0.060","limit":"10.000"},"limitreport-memusage":{"value":2301013,"limit":52428800}},"cachereport":{"origin":"mw1303","timestamp":"20190927054543","ttl":2592000,"transientcontent":false}}});});{"@context":"https://schema.org","@type":"Article","name":"u0924u093eu091cu092eu0939u0932","url":"https://ne.wikipedia.org/wiki/%E0%A4%A4%E0%A4%BE%E0%A4%9C%E0%A4%AE%E0%A4%B9%E0%A4%B2","sameAs":"http://www.wikidata.org/entity/Q9141","mainEntity":"http://www.wikidata.org/entity/Q9141","author":{"@type":"Organization","name":"Contributors to Wikimedia projects"},"publisher":{"@type":"Organization","name":"Wikimedia Foundation, Inc.","logo":{"@type":"ImageObject","url":"https://www.wikimedia.org/static/images/wmf-hor-googpub.png"}},"datePublished":"2007-08-21T10:38:23Z","dateModified":"2019-02-22T03:52:59Z","image":"https://upload.wikimedia.org/wikipedia/commons/7/74/Taj_Mahal%2C_Agra%2C_India_edit2.jpg","headline":"u0924u093eu091c u092eu0939u0932 u092du093eu0930u0924u0915u094b u0906u0917u0930u093e u0936u0939u0930u092eu093e u0938u094du0925u093fu0924 u090fu0915 u0938u092eu093eu0927u093fu0938u094du0925u0932 u0939u094b u0964 u092fu0938u0915u094b u0928u093fu0930u094du092eu093eu0923 u092eu0941u0917u0932 u0938u092eu094du0930u093eu091f u0936u093eu0939u091cu0939u093eu0901u0932u0947, u0906u092bu094du0928u094b u0938u094du0935u093eu0938u094du0928u0940 u092eu0941u092eu0924u093eu091c u092eu0939u0932u0915u094b u0938u092eu094du091du0928u093eu092eu093e u0917u0930u093eu090f u0964"}(RLQ=window.RLQ||[]).push(function(){mw.config.set({"wgBackendResponseTime":142,"wgHostname":"mw1328"});});

Popular posts from this blog

Taj Mahal Inhaltsverzeichnis Aufbau | Geschichte | 350-Jahr-Feier | Heutige Bedeutung | Siehe auch |...

Baia Sprie Cuprins Etimologie | Istorie | Demografie | Politică și administrație | Arii naturale...

Ciclooctatetraenă Vezi și | Bibliografie | Meniu de navigare637866text4148569-500570979m